Nepali poem

Nepali poem
contemporary Nepali Poem

तिमीले सोचेको म

तिमीले सोचेको म सधैँ त्यो कहाँ हो र !
म त्यो तिमीले नसोचेको पनि कहाँ हो र !
अनि जे सोचिन्न त्यो पनि कहाँ हो र 
म त्यो सोच्ने र नसोच्ने माझ पनि कहाँ छु र 
यसैले म त्यो अवधारणा होइन नि ?
जो सधैँ पल पल बग्ने र बगेर आउने छाल हो र 

त्यो सबैबाट उन्मुक्त छु
न पत्याए हेर त ?
छोइ हेर त ?
के मेरो आकार पायौ र
के मलाईं चिन्न सक्यौ र

के तिमीले तिमीलाई चिनेका छौ ?
के तिमी तिमी भित्रको म'लाई चिनेका छौ ? 
बोध गर सक्छौ भने ?
म'मा आऊ ?
प्रवेश गर 
खुल्ला छ द्वार 

हराउ अनि पस गहिरो अझ गहिरो 
त्यहाँ म छु
अरू को नै छ र ?

के म नै छु होइन र त्यहाँ ?

2 comments:

  1. के हो दाजै निकै कविता फुर्दै छ नि हिजोआज।राम्रो छ कलमलाई निरन्तरता दिनुहोला।

    ReplyDelete

कालो घड़ी  कालो साड़ी कालो गगल्स  अनि बीचमा मेरो कालो अनुहार  अनि तिम्रो कालो व्यहवार  सम्झ कालोले सबै खुल्छ म बाहेक  कालै छ तिम्रो काजल कालै ...